काठमाडौं । दोहोरी कलाकारहरुको हक हितमा रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको नवौं महाधिवेशन पहिलोपटक मदेश प्रदेशमा हुने भएको छ । महोत्तरीको बर्दिवासमा आयोजना हुने महाधिबेशन ३ दिन लगातार चल्ने संस्थाकी अध्यक्ष रिता थापा मगरले लोकसंचारकर्मी नेपाललाई जानकारी दिईन।
अध्यक्ष रीता थापामगरको संयोजकत्वमा गठित पशुपति शर्मा र सुवास केसी सदस्य रहेको उपसमितिले सोमबार उक्त निर्णय गरेको हो ।बर्दिवासमा फागुनको १, २ र ३ गते महाधिवेशन आयोजना हुनेछ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
सातै प्रदेशमा संगठन विस्तार भएको प्रतिष्ठानको देशभर पनि साखा रहेको छ भने बिदेशमा पनि बिभिन्न देशमा अहिले साखाको अधिबेशन चलिरहेको छ। देशभरबाट प्रतिष्ठानका १५०० जना सदस्य बर्दिवासमा भेला हुनेछन् ।
दोहोरी क्षेत्रका कलाकारको समस्या र गुनासो सुन्ने देखि लोक कला क्षेत्रको संरक्षण गर्नेगरि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले निरन्तर आवाज उठाउदै आएको छ।रिता थापा मगर अध्यक्ष भएसंगै दोहोरी प्रतिष्ठानले पहिलो महिला नेतृत्व प्राप्त गरेको थियो।रिताले आफ्नो कार्यकाल नदोहोर्याउने सोचमा रहेको समेत खुल्न आएको छ।
थापाको कार्यकाल सकिनै लाग्दा उनि अब नेपाली काँग्रेस धादिङ्गबाट समानुपातिक उमेदवारमा सिफारिस भएकी छिन।उनि राजनीतिमा आउने तयारी संगै संस्थाले अब नया टिम प्राप्त गर्ने छ।
अध्यक्षको चर्चामा पशुपति शर्मा देखि राधिका हमाल सम्म
प्रतिष्ठानकि अध्यक्ष रिता थापाले बिदाई लिने चर्चा संगै अहिले अध्यक्षमा पशुपति शर्माको नाम शिर्ष स्थानमा देखिएको छ।उनिसंगै भिड्न गायिका राधिका हमाल देखि दिपक खड्का सम्म तयारीमा देखिएको खुल्न आएको छ।उता शिब हमाल महासचिबमा दोहोरिने कि अध्यक्षमा जाने भन्नेमा दोधार देखिएका छन ।कतिपयले उनि अध्यक्षमा जान आकाक्ष राखेको पनि बताईरहेका छन।अहिलेको बलियो दाबेदार भने पशुपति शर्मानै हुन्।अघिल्लो पटकनै अध्यक्षमा उभिने तयारी गरेका शर्माले सहकर्मी रिता थापालाई स्थान दिएका थिए।अहिले शर्मा आफै उठ्ने गरि तयारीमा जुटेका छन।उनले जिल्ला देखि प्रदेश सम्मका सबैको साथ् मागिरहेका छन।
पशुपति शर्मालाई संस्थापन पक्षकै साथ्
अध्यक्षको दाबेदार गायक पशुपति शर्मालाई संस्थापन पक्षकै साथ् देखिएको छ।रिता थापाले अब पशुपति शर्मानै अध्यक्ष हुन पर्ने मनासय व्यक्त गरेकी छिन भने उनि संगै पुर्व अध्यक्षहरुले पनि शर्माकै पालो रहेको र उनीनै अध्यक्ष हुन् पर्ने माग राखेका छन तर केहि पुर्व अध्यक्षले भने शर्मासंग संगठन चलाउन सक्ने क्षेमता नभएको हुँदा कि शिब हाल कि दिपक खड्का अध्यक्ष हुन पर्ने माग राखिरहेका छन।शर्मानै बलियो हुँदै गर्दा अन्य आकांक्षीहरुको चर्चा त्यति देखिएको छैन।
महासचिवमा शिरीष देवकोटा र कोषाध्यक्षमा जुना श्रीष मगर भिड्ने तयारी
लोकप्रिय गायक शिरीष देबकोटा महासचिबमा भिड्ने पक्कपकी देखिएको छ।रिता थापा नेतृत्वमा उपमहसचिब रहेर उत्कृष्ट भूमिका खेलेका देबकोटाले महासचिबको लागि उमेदवारी दिने तयारी गरेको श्रोतले जानकारी दिएको छ।श्रोत भन्छ "अघिल्लो पटक नेतृत्वमा शिरिषको भूमिका उत्कृष्ट छ त्यसैले पनि उहा महासचिबको दाबेदार देखिनु भएको छ,सम्भवत उहालेनै उमेदवारी दिनुहुन्छ र जित्नुपनि हुन्छ।"उता कोषाध्यक्ष पदमा पनि लोकप्रिय गायिका जुना श्रीष देखिएकी छिन।जनाले रिता थापाको कार्यकालमा सहकोषाध्यक्ष रहंदा बिभिन्न कार्यक्रममा निकै उत्कृष्ट भूमिका निर्भाह गर्दै आएकी थिइन।उनि पनि संस्थापन पक्षको बलियो उमेदवार हुन्।